सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया : १८ जनाको आवेदन स्वीकृत

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि परेको आवेदनमध्ये १८ जनाको आवेदन स्वीकृत भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत आवेदकहरूको नामावली सार्वजनिक गरेको हो।

स्वीकृत आवेदकहरूमा पाल्पाका कृष्णप्रसाद पाठक, कैलालीका अग्नीराज कोइराला र राजेन्द्र जोशी, कञ्चनपुरका राजकुमार साउँद र खेमराज जोशी रहेका छन्। त्यस्तै काठमाडौंका चेतराज भट्ट, शेखर आर्याल र रामप्रसाद घिमिरेको आवेदन पनि स्वीकृत भएको छ।

Navadurga sun

यसैगरी बैतडीका किशनदत्त भट्ट र दिनेश शाह, भक्तपुरका जगतकृष्ण पोखरेल, डोटीका एकराज ओझा, डमरु चन्द्र भट्ट र पदमराज जोशी, रुपन्देहीका हेमु काफ्ले, धनुषाका रामसागर पण्डित, चितवनका विष्णु विलास अधिकारी तथा डडेल्धुराका महेश कुमार जोशीको आवेदन पनि स्वीकृत सूचीमा परेको मन्त्रालयले जनाएको छ।

अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पद पूर्तिका लागि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो। नयाँ उपकुलपति चयनपछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुदृढीकरण हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय मा नयाँ नेतृत्व चयनसँगै शैक्षिक व्यवस्थापन थप प्रभावकारी हुने विश्वास लिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...