ईयू आबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक छलफल 

काठमाण्डौ‌- प्रधानमन्त्री वालेन्द्र शाह ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज सामूहिक छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे सामूहिक भेट तथा संवाद कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Navadurga sun

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका विभिन्न विषयमा केन्द्रित भएर छलफल हुने छ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...