कैलाली–कञ्चनपुरसहित ६ जिल्लामा तातो लहरको चेतावनी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले अधिकांश क्षेत्रमा बादल लागेको जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने बताइएको छ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

आज राति पनि कोशीसहित हिमाली भूभागमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर चल्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Loading...