ओलीको राजीनामाको कुरा उठेन : प्रवक्ता भट्ट

धनगढी- केपी शर्मा ओली नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने विषय नउठेको पार्टी प्रवक्ता लेखराज भट्ट ले बताएका छन् ।

शनिबार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले बैठकमा पार्टीका कमजोरी, सुधार गर्नुपर्ने विषय र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी दिए। उनले अहिलेको संकटपूर्ण अवस्थामा सबै मिलेर अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएको बताए।

Navadurga sun

भट्टका अनुसार बैठकका विषय बाहिर अतिरञ्जित रूपमा आएको भन्दै पार्टीको अनुशासन, विधि र पद्धतिअनुसार मात्रै धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ।

सचिवालय बैठकमा केही नेताले नेतृत्व परिवर्तनको विषय उठाएको चर्चा भए पनि अध्यक्ष ओलीको राजीनामा माग नगरिएको भट्टले स्पष्ट पारे।

दुई दिनदेखि जारी सचिवालय बैठक आइतबार पनि बस्नेछ। आइतबार सचिवहरूले धारणा राख्ने कार्यतालिका रहेको र त्यसपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...