बाजुरामा हावाहुरीले घर र विद्यालयमा क्षति

बाजुरा- बाजुरामा शुक्रबार राति आएको हावाहुरीले विभिन्न स्थानीय तहमा घर, गोठ, विद्यालय तथा बालकक्षाका भवनमा ठुलो क्षति पुगेको छ ।

पानीसँगै चलेको तीव्र हावाहुरीका कारण बुढीगङ्गा, बडीमालिका, गौमुल लगायतका क्षेत्रमा कर्कटपाताले छाइएका घरका छाना उडेको प्रहरीले जनाएको छ।

Navadurga sun

स्थानीय शिक्षक जगत रावलका अनुसार बुढीगङ्गा–८ देवलसैनमा घर तथा प्रारम्भिक बालकक्षाको भवनमा बढी क्षति पुगेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई तत्काल राहत आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराले मानवीय क्षति नभएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...