बाजुरा जगन्नाथ गाउँपालिकाको कार्यालय बाढीले बगायो

बाजुरा, ४ कार्तिक– बेमौसमी बर्षासँगै जुड्डी खोलामा आएको बाढीले बाजुराको जगन्नाथ गाउँपालिकाको कार्यलय बगाएको छ । निरन्तरको बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यलय क्षत विक्षेत बनाएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

कार्तिक २ गते दिउसो अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बिचमा पर्ने जुड्डी खोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षत बिक्षेत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले बताए । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभाहल पनि बगाएको छ।

Navadurga sun

कार्यालयमा फर्निचर, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउँपालिकाको खेल मैदान, जुड्डी खोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको छ । गाउँपालिका कर्णाली र जुड्डी खोलाको उच्च जोखिममा बनेको छ । गाउँपालिकाको कार्यलय क्षतबिक्षेत बनाएपछि गाउँपालिकामा हुने काम पूर्ण रुपमा प्रभाबित भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...