कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

लालझाडी गाउँपालिका–४ जाइस्थित माटो खन्ने क्रममा माटोको ढिस्को खसेर हरदुलिया पुरिएको खबरपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनको शव फेला परेको हो ।

Navadurga sun
Godawari sandesh

साथै माटोको ढिस्कोले पुरिएर घाइते भएकी १ जनाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Couple
Loading...