बडेहाँ बिजौरा खानेपानी उपभोक्ता समितिको दोस्रो साधारण सभा सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित बडेहाँ बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ।

शनिबार संस्थाका अध्यक्ष चेतराज पन्त को सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ विकास राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

Navadurga sun

कार्यक्रममा बोल्दै राज्यमन्त्री बमले बडेहाँ बिजौरा खानेपानी योजनाका लागि आवश्यक रकम विनियोजन गर्न पहल गर्ने बताए। आफ्नो कार्यकालमा यस क्षेत्रमा विभिन्न योजनाहरू ल्याउन सफल भएको उनले उल्लेख गरे।

त्यस्तै गोपालदत्त भट्ट ले संस्थालाई अगाडि बढाउन उपभोक्ताको सहयोग र सुझाव आवश्यक रहने बताए। उनले आन्तरिक विवाद भए सहमतिमै समाधान गर्न आग्रह समेत गरे।

संस्थाका अध्यक्ष चेतराज पन्तले आफू निस्वार्थ भावनाका साथ संस्थाको विकासमा सक्रिय रहेको बताए।

संस्थाका उपाध्यक्ष गीरीराज भण्डारी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव उत्तम महरा ले गरेका थिए।

कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

सभामा अध्यक्ष पन्तले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष चित्रा कुमारी भट्ट ले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।

२०७५ सालमा स्थापना भएको उक्त संस्थामा हाल वडा नम्बर १ र ६ का करिब ९०० उपभोक्ता आबद्ध रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...