डोटीमा भरुवा बन्दुक पड्किँदा युवक गम्भीर घाइते

डोटी- डोटीको जोरायल गाउँपालिका–४ वगर बस्तीमा भरुवा बन्दुक पड्किँदा एक युवक गम्भीर घाइते भएका छन्। आज दिउँसो स्थानीय अन्दाजी २६ वर्षीय करणबहादुर दर्लामी पिनाकेश्वर सामुदायिक वनतर्फ जाने क्रममा बाटोमै बन्दुक पड्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा दर्लामीको दाहिने छातीमा बन्दुकको छर्रा लागेर पिठ्युँसम्म छेडिएको अवस्थामा गम्भीर घाइते भएका छन्।

Navadurga sun

प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...