कैलाली–४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दको आग्रह

अत्तरिया- गोरखबहादुर बिष्ट ‘आनन्द’ ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का बहुप्रतीक्षित विकास योजनालाई आगामी आर्थिक वर्षको प्रदेश बजेटमा समेट्न सुदूरपश्चिम प्रदेश सरकार सँग आग्रह गरेका छन्।

मंगलबार नेता आनन्दसहितको टोलीले कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाशबहादुर बम तथा सामाजिक विकास मन्त्री मेघराज खड्का सँग भेट गर्दै क्षेत्रका विकास प्राथमिकताबारे ध्यानाकर्षण गराएका हुन्।

Navadurga sun

भेटका क्रममा टोलीले कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा वर्षभरि सहज यातायात सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकतामा राख्न माग गरेको थियो। साथै आधुनिक कृषि प्रणाली विकास, सिँचाइ विस्तार, कृषि अनुदान, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका योजनामा लगानी बढाउन आग्रह गरिएको छ।

त्यसैगरी जोखिममा रहेका बस्तीमा तटबन्ध निर्माण, स्वास्थ्य सेवा पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आगामी बजेटमा समावेश गर्नुपर्ने विषय पनि टोलीले उठाएको थियो।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आनन्दले निर्वाचनको परिणामभन्दा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नु राजनीतिक जिम्मेवारी भएको बताए। उनले कैलाली–४ का नागरिकसँग विकास, सडक, कृषि, शिक्षा र रोजगारीका विषयमा गरिएका वाचा कार्यान्वयन गर्न आफू निरन्तर सक्रिय रहेको उल्लेख गरे।

नेता आनन्दले सुदूरपश्चिम प्रदेश सरकार कैलालीका दुर्गम चुरे तथा मोहन्याल क्षेत्रको विकासप्रति सकारात्मक रहेको अनुभूति भएको बताउँदै आगामी बजेट जनताको आवश्यकता केन्द्रित हुने अपेक्षा व्यक्त गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...