पौष ९ गतेबाट ‘चुरिफुरी’ रिलिज हुने

नेपाली चलचित्रका निर्माताले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । यसैविच, ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र पौष ९ गतेबाट रिलिज हुने निर्देशक आचार्यले जानकारी दिए ।

दाङमा आयोजना भएको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यो चलचित्रले फ्रेस बनाउने बताए । उनले, कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुको विकल्प नभएको सुनाए ।

Navadurga sun

चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको कार्यक्रममा प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रमा रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका छ ।

दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको यो चलचित्रमा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको यो चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...