बझाङमा पानी खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थडमा पानी जमेको खाल्डोमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार छिमेकीको घर नजिक शौचालय निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

मृत्यु हुनेमा गगन बोहराका ५ वर्षीय छोरा जेनिस बोहरा र सन्तोश बोहराकी ६ वर्षीया छोरी प्रिन्सा बोहरा रहेका छन्।

उनीहरू दिउँसो करिब २:१५ बजे मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...