धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना, २ जना घाइते

अत्तरिया- शनिबार साँझ धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।

Dadeldhura hospital

से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकलबीच भएको दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै, दुर्घटनामा घाइते भएकी एक महिलाको पहिचान खुल्न सकेको छैन। दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Loading...