अपि सैपाल बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- अपि सैपाल बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारण सभा अत्तरियास्थित स्वागत इन होटलमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

Ganyapdhura gau

संस्थाका अध्यक्ष मेघराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष बसन्त रोकाया विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज शर्मा जोशीले गरेका थिए।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा कोषाध्यक्ष भरत खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी १ करोड ४१ लाख ५३ हजार ६००, कुल सम्पत्ति ३१ लाख ६६ हजार १४१, गत वर्षको खुद नाफा ५ लाख ५४ हजार २०३, ऋण लगानी ५ करोड ४३ लाख ३५ हजार ९९२ तथा बैंक मौज्दात ६७ लाख ४५ हजार ५३९ रहेको जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोपाल दत्त भट्टले सहकारी सबैको साझा संस्था भएकाले यसको संरक्षण र विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए। उनले घर खर्चबाट बचत भएको सानो रकम सहकारीमा जम्मा गर्दै भविष्य सुरक्षित बनाउन सकिने र यस्तो रकम सहकारीमा सुरक्षित रहने विश्वास व्यक्त गरे।

उनले स्थानीय व्यक्तिहरूको सहभागितामा सञ्चालित सहकारी संस्थाले समुदायको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै बिना धितो ४/५ लाख रुपैयाँसम्म ऋण प्रवाह गरेर सहयोग गरिरहेको बताए। साथै, सहकारी ठगीका घटना स्थानीय सहकारीबाट नभएको पनि उनले प्रष्ट पारे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मेघराज भट्टले सहकारीको विकासका लागि सबै सदस्यको सहयोग आवश्यक रहेको बताए। उनले सञ्चालक समितिप्रति मात्र जिम्मेवारी थोपर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै समितिले निस्वार्थ रूपमा काम गरिरहेको बताए। सानो रकमबाट सुरु भएको सहकारीले हाल ४/५ करोड रुपैयाँको कारोबार गरिरहेको जानकारी दिँदै सदस्यहरूलाई प्रत्येक महिना आफ्नो खाताको विवरण जाँच गर्न सुझाव समेत दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...