अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा सुदूरपश्चिम प्रदेशबाट दुई जना मन्त्री नियुक्त भएका छन्। कञ्चनपुरकी प्रतिभा रावल र गीता चौधरी मन्त्री बनेका हुन्। दुवैले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।




प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गीता चौधरी कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बनेकी छन्। दुबै जना समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पुगेका सांसद हुन्।


रावल पत्रकारिताबाट राजनीतिमा आएकी नेतृ हुन् र उनी रास्वपाकी सहप्रवक्ता समेत हुन्। उनले रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा काम गरेकी थिइन्। त्यस्तै, अधिवक्ता गीता चौधरी यसअघि प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन् र पछि रास्वपासँग आबद्ध भएकी हुन्।
यी नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रास्वपा सरकारमा मजबुत भएको मानिएको छ।




