सुदूरपश्चिम महोत्सव २०८२ बाट २४ लाखभन्दा बढी खुद बचत

धनगढी- कैलाली उद्योग वाणिज्य संघले गत मंसिरमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवबाट कुल ३ करोड ३३ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ आम्दानी र २ करोड ६३ लाख १ हजार ७ सय ४० रुपैयाँ खर्च भएको जानकारी दिए।

महोत्सवबाट कर कटाएर ८२ लाख ९२ हजार ४७१ रुपैयाँ आम्दानी भएकोमा करिब ४५ लाख रुपैयाँ भवन निर्माणमा खर्च गरिएको छ। बाँकी २४ लाख ७३ हजार ५५९ रुपैयाँ खुद बचत भएको जनाइएको छ।

Navadurga sun

महोत्सवले आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको संघले जनाएको छ। दुई हजारभन्दा बढी स्थानीयले रोजगारी पाएका थिए भने स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका थिए।

संघीय तथा स्थानीय सरकारलाई विभिन्न शीर्षकमा करसमेत भुक्तानी गरिएको छ। अध्यक्ष ओझाले महोत्सवलाई सुदूरपश्चिमको पहिचान र विकाससँग जोडिएको साझा मञ्चका रूपमा अघि बढाइने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...