लेखराज भट्टको निर्वाचन खर्च १८ लाख ७५ हजार

अत्तरिया- प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ कैलालीका उम्मेदवार लेखराज भट्टले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। भट्टले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनावी अभियानमा कुल १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन्।

उनीद्वारा बुझाइएको विवरणमा मतदाता नामावली छपाइका लागि २ लाख २० हजार रुपैयाँ, सवारी साधन प्रयोगमा ३ लाख २५ हजार रुपैयाँ, सवारी साधन १ लाख २५ हजार रुपैयाँ, तथा प्रचारप्रसार सामग्रीमा २ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

Navadurga sun

यसैगरी दुवानी तथा खानपानतर्फ १ लाख ५० हजार रुपैयाँ, गोष्ठी तथा अन्तर्क्रियामा १ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालनमा २ लाख रुपैयाँ, प्रतिनिधि परिचालनमा २ लाख २० हजार रुपैयाँ, र विविध खर्च (ढुवानी, प्रविधि तथा विज्ञापन) शीर्षकमा ३ लाख २५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। भट्टले निर्वाचन आयोगको निर्देशिका अनुसार सम्पूर्ण खर्चको विवरण तयार गरी बुझाइएको जनाएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...