अत्तरिया जेसीजद्वारा छाडा चौपायामा रिफ्लेक्टिभ स्टिकर, सडक दुर्घटना न्यूनीकरणको पहल

अत्तरिया- कैलालीको अत्तरिया क्षेत्रमा सडक दुर्घटना कम गर्ने उद्देश्यले अत्तरिया जेसीजले छाडा चौपायामा राति चम्किने रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको छ। शनिबार अत्तरिया क्षेत्रमा करिब ८० वटा छाडा चौपायाको घाँटीमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको कार्यक्रम संयोजक रोशन बलायरले जानकारी दिएका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा गरिएको उक्त पहलले राति सडकमा चौपायाका कारण हुने दुर्घटनाको जोखिम घटाउने लक्ष्य राखेको छ। तथ्यांकअनुसार छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम उच्च रहेको देखिएको छ।

Navadurga sun

अत्तरिया जेसीजका अध्यक्ष बम बहादुर बोगटीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। विशेषगरी रातको समयमा दुर्घटनाको जोखिम बढ्ने भएकाले रिफ्लेक्टिभ स्टिकरले चालकलाई समयमै सजग बनाउने र सडक सुरक्षा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...