समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?

काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ९० हजार ५४६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ७ : २७ बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ४७ हजार ५२३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ७३ हजार ९८३, नेकपा (एमाले)ले १३ लाख ८९ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ९४६, श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ४७२ मत प्राप्त गरेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६९ हजार ४१६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६५ हजार ३२ र जनमत पार्टीले ७५ हजार ४७१ मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् ।

प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

Loading...