कैलालीका पाँचै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

अत्तरिया- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

कैलाली–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२, नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ४ हजार ४९३ तथा स्वतन्त्र उम्मेदवार फागु राम थारुले ३ हजार ३८८ मत प्राप्त गरेका छन् ।

कैलाली– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् । खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार १ सय ८ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

Dadeldhura hospital

निर्वाचित खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पति राम चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका हुन् ।

कैलाली– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् । जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ८ हजार ३ सय ७६ मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचित जोशीले २० हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चुनाव चिह्नका वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् ।

कैलाली– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेम राज कोईराला विजयी भएका छन् । कोईरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १७ हजार २ सय ५५ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचित कोईरालाले २८ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख बहादुर बिष्टले ११ हजार ३ सय १ मत प्राप्त गरेका हुन् ।

कैलाली–५ मा रास्वपाले विजय हासिल गरेको छ । रास्वपाका आनन्द बहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् । नेकपाका प्रेम बहादुर आलेले ७ हजार ८७६, नेकपा एमालेका यज्ञराज ढुंगाना उपाध्यायले ५ हजार ८३९ तथा स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १ हजार ७५५ मत प्राप्त गरेका छन् ।

Loading...