कैलाली–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खेम राज कोईराला निर्वाचित

धनगढी- कैलाली– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेम राज कोईराला विजयी भएका छन् । कोईरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १७ हजार २ सय ५५ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

Dadeldhura hospital

निर्वाचित कोईरालाले २८ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख बहादुर बिष्टले ११ हजार ३ सय १ मत प्राप्त गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै, नेकपा एमालेका उम्मेदवार लेख राज भट्ट ९ हजार ४ सय ४४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका हरि राम चौधरीले ५ हजार ६ सय ९ मत प्राप्त गरे ।

राप्रपाका उम्मेदवार कमल रजवारले १ हजार ३ सय ५८ मतमा प्राप्त गरे । नाउपाका धन बहादुर सुनारले ६ सय ७५ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका भिम बहादुर थापा मगरले ३ सय ७९ मतमा सीमित भए भने स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले २ सय ४१ मत प्रप्ता गरेका छन् । 

Loading...