गोदावरी–१० मा भएको झडपबारे काँग्रेसद्वारा कडा भर्त्सना, दोषीलाई कारबाहीको माग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० स्थित शंकर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया चलिरहेका बेला झडप भएको थियो। मिति २०८२ फागुन २१ गते भएको उक्त घटनामा नेकपा एमालेका कार्यकर्ताले नेपाली काँग्रेसका नेता तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायत महिला नेत्रीहरूमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

सोही क्रममा वडा नं. १० का अध्यक्ष रविन्द्र शाही (गुड्डु) माथि पनि सांघातिक आक्रमण भएको बताइएको छ । आक्रमणबाट घाइते भएका शाहीको शिध्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Navadurga sun

घटनाप्रति नेपाली काँग्रेस क्षेत्र नं. ४, कैलालीले घोर भर्त्सना तथा कडा निन्दा व्यक्त गरेको छ । काँग्रेसले दोषी व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

यस्तै, मतदान जस्तो लोकतान्त्रिक प्रक्रियामा हिंसात्मक कार्यमा संलग्न दोषी व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौँ। हिंसा, धम्की र आक्रमणबाट लोकतन्त्रलाई कमजोर पार्ने प्रयास कदापि सफल हुन सक्दैन भन्ने कुरा सम्बन्धित पक्षले बुझ्न जरुरी छ। नेपाली काँग्रेस लोकतन्त्र, विधिको शासन र नागरिकको सुरक्षाका लागि सधैं दृढतापूर्वक उभिनेछ भनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...