सुदूरपश्चिमका पाँच क्षेत्रमा मतगणना सम्पन्न

अत्तरिया- सुदूरपश्चिम प्रदेशका चार निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एक क्षेत्रमा नेकपा एमाले र एक क्षेत्रमा नेपाली कांग्रेस विजयी भएका छन् ।

Ganyapdhura gau

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२, नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ४ हजार ४९३ तथा स्वतन्त्र उम्मेदवार फागु राम थारुले ३ हजार ३८८ मत प्राप्त गरेका छन् ।

Navadurga sun
Godawari sandesh

कैलाली–५ मा पनि रास्वपाले विजय हासिल गरेको छ । रास्वपाका आनन्द बहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् । नेकपाका प्रेम बहादुर आलेले ७ हजार ८७६, नेकपा एमालेका यज्ञराज ढुंगाना उपाध्यायले ५ हजार ८३९ तथा स्वतन्त्र उम्मेदवार प्यारे लाल रानाले १ हजार ७५५ मत प्राप्त गरेका छन् ।

Dadeldhura hospital

यता बझाङमा नेकपा एमालेका ऐन बहादुर महर १८ हजार ५३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् । नेकपाका मिन बहादुर कुँवरले ९ हजार ७५७, रास्वपाका शेलेश कुमार सिंहले ९ हजार २६३ तथा नेकपा माओवादीका भरत मल्लले ५२० मत प्राप्त गरेका छन्।

डोटी र अछाममा नेपाली कांग्रेसले जित गर्न सफल भएकाे छ । त्यस्तै डोटीबाट भरत बहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दीपक बहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन् । रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७०, नेकपाका त्रिलोचन भट्टले ५ हजार ४१३ तथा राप्रपाका खडक बहादुर अग्रवालले ५९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै अछाममा नेपाली कांग्रेसका भरत कुमार स्वार १० हजार ७५९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीम बहादुर रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका दिपक बहादुर साउँदले ७ हजार ३८९, रास्वपाका ओम प्रकाश रावलले १ हजार ७३९ तथा राप्रपाका लोकेन्द्र बहादुर शाहले १०२ मत प्राप्त गरेका छन् ।

यससँगै हालसम्म सार्वजनिक परिणाम अनुसार सुदूरपश्चिमका यी पाँच क्षेत्रमा रास्वपाले दुई, नेकपा एमालेले एक र नेपाली कांग्रेसले दुई सीट जितेका छन् ।

Couple
Loading...