गोदावरीका वडा युवासंघ संयोजकसहित दर्जनौँ जेनजी युवा कांग्रेसमा प्रवेश

अत्तरिया १८, फागुन- गोदावरी नगरपालिका–७, खैरेनी टोलका नेकपा एमाले निकट युवा संघका वडा संयोजकसहितका जेनजी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा एमाले निकट युवा संघका वडा संयोजक श्यामबहादुर साउँद, सदस्य प्रेमबहादुर साउद तथा जेनजी युवाहरू सागर नागरी, सुनिल नागरी, रघु विक, सागर आउजी, प्रकाश आउजी, जय बोहरा, डम्मर बिक, युवराज बिक, रामबहादुर लुहार, ध्रुव बिक, कृष्ण चौधरी, नरबहादुर साउद, हरि साउँद, गणेशबहादुर बिष्ट लगायतले एमाले परित्याग गरी कांग्रेस रोजेका हुन्।

Navadurga sun

उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै बिष्टले युवाहरूको साथ र समर्थनले कांग्रेस थप सशक्त बन्दै गएको बताउँदै विकास, रोजगारी र समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

नवप्रवेशी युवाहरूले राष्ट्र र क्षेत्रको विकासका लागि कांग्रेसको नीति तथा कार्यक्रम प्रभावकारी लागेकाले पार्टी प्रवेश गरेको बताएका छन्। खैरेनी टोलमा भएको उक्त प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक माहोललाई थप तातो बनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...