कैलाली–४ मा लेखराज भट्टको घरदैलो अभियान तीव्र

अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्ट यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै विभिन्न व्यापारी तथा मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

उहाँले यस क्षेत्रका व्यवसायीहरूसँग प्रत्यक्ष भेटेर अत्याधिक मतका साथ विजय गराउन अपिल गरिरहनु भएको छ । घरदैलो अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ भने मतदाताहरूको साथ, समर्थन र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

उहाँको अभियान केवल सदनसम्म सीमित नभई सुदूरपश्चिमको समग्र विकास र देशको आमूल परिवर्तनका लागि केन्द्रित रहेको भन्दै मतदाताहरूले उत्साहपूर्वक साथ दिइरहेका छन् । फागुन २१ लाई लक्षित गर्दै क्षेत्र नम्बर ४ का मतदाताहरू मतदानको तयारीमा जुटेको बताइएको छ ।

एमालेलाई विजय गराउने रणनीतिसहित गाउँ–टोलमा समर्थकहरू सक्रिय रूपमा परिचालन भइरहेका छन् । “यो यात्रा केवल सदनका लागि होइन, देश निर्माणका लागि हो,” भन्ने सन्देशसहित भट्टको घरदैलो अभियानलाई निरन्तर जारी राख्ने जनाएका छन् ।

Couple
Loading...