दार्चुलाको अवरुद्ध फोन तथा इन्टरनेट सेवा सुचारु





दार्चुला- नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा विगत चार दिन देखि दार्चुलामा अवरुद्ध रहेको शुक्रबार मध्यान्हबाट सुचारु भएको छ । गत मंगलबार विहान देखि अवरुद्ध भएको दार्चुलाको फोन तथा इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।



बैतडीको पाटन-खोड्पे क्षेत्रमा अप्टिकल फाइबर काट्दा दार्चुलामा फोन तथा इन्टरनेट सेवा अबरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । चार दिन देखि दार्चुला जिल्ला भरिको फोन तथा इन्टरनेट अवरुद्ध हुदाँ आम नागरिकहरुमा समस्या परेको थियो ।


टेलिकमको फोन तथा इन्टरनेट सेवा नहुदा चार दिन देखि बैंकमा गएका ग्राहकहरु चेक नसाटेरै घर फर्किएका थिए । टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा कार्यालयहरुका कामकाज समेत अस्तव्यस्त भएको थियो ।



