अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका–११ मा विभिन्न राजनीतिक दल छोडेर नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशी नेताहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी रहेका छन् ।




एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली–४ प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले उनीहरूलाई पार्टीमा स्वागत गर्दै राष्ट्रहित, समृद्धि र सुशासनका लागि सबैको सहयोग आवश्यक रहेको बताए। नवप्रवेशी नेताहरूले लेखराज भट्टको सक्षम नेतृत्वमा विजय सुनिश्चित गर्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।


कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय उपस्थितिले गौरीगंगा–११ को राजनीतिक गतिविधि अझ सक्रिय हुने संकेत दिएको विश्लेषकहरूले बताए ।




