समृद्ध सुदूरपश्चिम अभियानको कार्ययोजना उम्मेदवारलाई हस्तान्तरण

अत्तरिया- समृद्ध सुदूरपश्चिम अभियानअन्तर्गत नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले सुदूरपश्चिमका उम्मेदवारहरूका लागि तयार पारेको कार्ययोजना शनिबार उम्मेदवारहरूलाई हस्तान्तरण गरेको छ।

शनिबार आयोजित एक कार्यक्रममा सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई लक्षित गर्दै तयार पारिएको कार्ययोजना हस्तान्तरण गरिएको हो। कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका १६ जना मध्ये ७ जना उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

Navadurga sun

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले प्रदेशका सबै उम्मेदवारहरूलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गरिने जानकारी दिए।

उनका अनुसार, “प्रदेशका ९ वटै जिल्लाका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई प्रतिबद्धता तथा कार्ययोजना हस्तान्तरण गर्दैछौँ। जहाँ हाम्रो शाखा छ, त्यहाँ भौतिक उपस्थितिमै हस्तान्तरण गर्छौँ भने शाखा नभएका जिल्लाका उम्मेदवारहरूलाई हुलाक तथा ह्वाट्सएपमार्फत पठाउने व्यवस्था गरिएको छ।”

उक्त कार्ययोजनामा सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक, सामाजिक तथा मानवीय रूपान्तरणका लागि ५ वटा नीतिगत प्रतिबद्धता समेटिएका छन्। ती प्रतिबद्धतामार्फत स्पष्ट नीति, प्राथमिकता र कार्यदिशा प्रस्तुत गरिएको चेम्बरले जनाएको छ।

कार्ययोजनामा स्थानीय उत्पादन प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यमशीलता तथा डिजिटल रूपान्तरण, स्वास्थ्य, शिक्षा र मानव पुँजी विकास, भौतिक पूर्वाधार तथा रणनीतिक पहुँच, साथै पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायसम्बन्धी प्रमुख बुँदाहरू समावेश गरिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...