कैलाली–५ मा प्रेमबहादुर आलेको घरदैलो अभियान तीव्र

धनगढी- कैलाली क्षेत्र नं. ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा सक्रिय देखिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा उनले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्र बनाएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

घरदैलो अभियानका क्रममा आलेले स्थानीयवासीका गुनासा, समस्या र अपेक्षा सुन्ने प्रयास गर्दै आएका छन् । मतदाताहरूले उम्मेदवारसँग प्रत्यक्ष संवाद हुनुलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूले विशेषगरी विकास, रोजगारी र आधारभूत सेवामा सुधारको अपेक्षा व्यक्त गरेका छन् ।

Navadurga sun
Godawari sandesh

मतदातासँगको संवादका क्रममा उम्मेदवार आलेले जनताको आवाजलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, “जनताको मन जित्नु मेरो पहिलो प्राथमिकता हो । चुनाव जित्नुभन्दा पनि सबैका आवाज सुन्नु र जनताको प्रतिनिधित्व गर्नु महत्त्वपूर्ण छ ।”

राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारहरूद्वारा घरदैलो अभियान सञ्चालन गर्नु निर्वाचन प्रक्रियाको नियमित अभ्यास हो । उनीहरू भन्छन्, यस्ता अभियानले मतदाताको धारणा बुझ्न सहयोग पुर्‍याए पनि अन्तिम निर्णय उम्मेदवारको विगत, घोषणापत्र र व्यवहारका आधारमा मतदाताले गर्ने गर्छन् ।

Couple
Loading...