सबैले पार्टी रोजे, मैले जनता रोजेँ : धनगढी मेयर गोपाल हमाल

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै राजनीतिक पार्टीभन्दा जनताको पक्षमा उभिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक तस्वीर सार्वजनिक गर्दै “सबैले पार्टी रोजे, मैले जनता रोजेँ” भन्ने सन्देश लेखेका हुन्।

२०७९ सालको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका हमाल नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै धनगढीको मेयरमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि अहिलेसम्म उनी कुनै पनि राजनीतिक दलमा आवद्ध छैनन्।

Navadurga sun

हमालसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

त्यसैगरी धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गरी सुनसरी–१ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन्। बालेन र साम्पाङ दुवैले मेयर पदबाट राजीनामा दिएर संघीय राजनीतिमा होमिएका छन्।

तर मेयर हमाल भने उपमहानगरपालिकाकै काममा केन्द्रित रहेको सन्देश दिएका छन्। उनले स्थानीय तहको जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको संकेत गरेका छन्।

स्थानीय तह निर्वाचनमा हमालले २६ हजार ८६५ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...