पश्चिमी वायुको प्रभावः पहाड र हिमालमा आंशिक बदली, उच्च भूभागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। देशभर आंशिक बदली रहनेछ।

Navadurga sun

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...