प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रमा २ लाखभन्दा बढी कर्मचारी खटाइने

५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ९ कर्मचारी खटाइने

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रको मतदाता सङ्ख्या अनुसार कर्मचारी व्यवस्थापन गर्ने भएको छ।

आयोगका अनुसार ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवक गरी ९ जना कर्मचारी खटाइनेछ। ५०० सम्म मतदाता भएका केन्द्रमा भने ८ जना कर्मचारी रहनेछन्। अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।

Navadurga sun

देशभर हाल २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। ती सबै केन्द्रमा कर्मचारी व्यवस्थापन गर्न करिब २ लाख १३ हजार जनशक्ति आवश्यक पर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन व्यवस्थापनका लागि ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, ८८ निर्वाचन अधिकृत कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयमार्फत कर्मचारी खटनपटन गरिनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश, निर्वाचन अधिकृत कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी र अन्य कार्यालयमा सम्बन्धित तहका कर्मचारीको नेतृत्वमा काम अघि बढाइएको आयोगले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...