सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन: ४ मतदाता अनुपस्थित

सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा ४ जना मतदाता सहभागी नभएको खुलेको छ। दुई पदका लागि गरिएको निर्वाचनमा कुल २२४ मतदातामध्ये प्रदेश सभाका २ जना र स्थानीय तहका २ जना मतदानमा अनुपस्थित रहे।

मतदान बहिस्कार गर्नेमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्ट रहेका छन्। यस्तै, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरियाले पनि मतदान गरेनन्।

Navadurga sun

धनगढीका मेयर हमाल स्वतन्त्र हुन् भने जानकी गाउँपालिकाकी उपाध्यक्ष कठरिया नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट निर्वाचित प्रतिनिधि हुन्।

निर्वाचनमा खुल्ला एक पदका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का टीकाराम जैसी उम्मेदवार छन्। यस्तै, महिला कोटातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) की लिलाकुमारी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रोजी बस्नेत प्रतिस्पर्धामा छन्।

कांग्रेस–एमाले गठबन्धनको समर्थनका कारण खम्मबहादुर खाती र लिलाकुमारी भण्डारीको जित निश्चित भइसकेको बताइएको छ। मतदान सम्पन्न भएसँगै मतगणना प्रक्रिया सुरु हुँदैछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...