चौधरीले उम्मेदवारी रद्दविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

Dadeldhura hospital

निर्वाचन अधिकृतले जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी पाएका भए पनि कसुर र कैदको अभिलेख रहेको कारण उनको उम्मेदवारी गैरकानुनी रूपमा रद्द गरेको थियो।

Navadurga sun
Godawari sandesh

चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै उम्मेदवारी यथावत राख्न अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ। चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।

Loading...