सुदूरपश्चिममा एमालेको प्रतिनिधिसभा उम्मेदवार अन्तिम, कैलाली–४ बाट लेखराज भट्ट

अत्तरिया- नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न जिल्लाका उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

बैठकको निर्णयअनुसार पार्टी उपमहासचिव लेखराज भट्ट कैलाली–४ बाट उम्मेदवार बनेका छन्। यस्तै कैलाली–५ बाट यज्ञ ढुंगानालाई उम्मेदवार बनाइएको छ। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा नारदमुनि राना उम्मेदवार थिए।

Navadurga sun

कैलालीका अन्य निर्वाचन क्षेत्रमा कैलाली–१ बाट द्वारिका न्यौपाने, कैलाली–२ बाट सूर्यबहादुर थापा र कैलाली–३ बाट गौरीशंकर चौधरीलाई उम्मेदवार बनाइएको छ।

कञ्चनपुरतर्फ कञ्चनपुर–१ बाट कमला बोहरा, कञ्चनपुर–२ बाट वचनबहादुर सिंह र कञ्चनपुर–३ बाट डा. दीपक प्रकाश भट्ट उम्मेदवार बन्ने भएका छन्।

यस्तै डोटीबाट दीपक धामी, बैतडीबाट दामोदर भण्डारी, दार्चुलाबाट गणेश ठगुन्ना, बझाङबाट अफिलाल ओखेडा र डडेलधुराबाट चक्र स्नेही उम्मेदवार तय भएका छन्।

अछामबाट झपट बोहरा र यज्ञ बोगटी तथा बाजुराबाट लालबहादुर थापालाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ।

यसपटक एमालेको टिकट वितरणमा कर्णबहादुर थापा, तारालामा तामाङ, झपट बोहरा, पठानसिंह बोहरा, ऐन महर, नारदमुनि राना र नरबहादुर धामीजस्ता चर्चित नेताहरूको नाम भने समेटिएको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...