बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा- बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुराको सदमुकाम मार्तडीमा मुख्य निर्वान अधिकृतको कार्यालय स्थाना गरिएको हो। बडीमालिका नगरपालिका–८ मा रहेको कृषि ज्ञान केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा जनाएको छ।

Navadurga sun

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश सञ्जिव पोखरेल रहनुभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्र्मी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको जिल्ला प्रशसान कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्। जम्मा पुरुष ४५ हजार ४२८ महिला ४२ हजार ४३१ र अन्य दुई गरी ८७ हजार ८६१ जना मतदाता रहेका छन्। निर्वाचनका लागि बाजुरामा ७७ स्टल ११८ केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...