बाजुरामा काँग्रेस कार्यकर्ता र प्रहरी बिच झडप हुँदा दर्जन बढी घाईते

Dadeldhura hospital

बाजुरा, २० असाेज- बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। नेपाली काग्रेसको सम्पन्न मतदान पश्चात मतदान स्थल रहेको जिल्ला समन्वय समितिको प्राङ्गणमा दोहोरो झडप भएको हो। काँग्रेस कार्यक्रताहरू मतगणना स्थलमा जान लाग्दा प्रहरीले रोकेको बिषयलाइ लिएर दोहोर झडप भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau

सशस्त्र प्रहरी, नेपाल प्रहरी र काँग्रेस कार्यकर्ताबीचको झडपमा दर्जन बढी घाइते भएका छन। जिल्ला समन्वय समितिमा रहेको मतदन स्थल लगायत मार्तडी बजार तनाव ग्रस्त रहेको छ भने झडप पश्चात थप सुरक्षाकर्मी परिचालित भएका छन्। काँग्रेसका कार्यकर्ताहरु मतगणना स्थल प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो।

Loading...