बैजनाथ बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- बैजनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोदावरी–५, कैलालीको १३औँ साधारण सभा यही पौष १२ गते संस्थाकै प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजबहादुर कडायतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकै सल्लाहकार संयोजक अम्बरबहादुर बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा सेयर सदस्यहरूबाट जेष्ठ नागरिक महिला मानमती जोशी तथा जेष्ठ नागरिक पुरुष धनपति बोहरा रहनुभएको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा संस्थाको स्थापना र विकास यात्राबारे जानकारी गराउँदै, २०६४ साल चैत २ गते ५७ जना सदस्यले प्रतिव्यक्ति २०० रुपैयाँका दरले जम्मा ११ हजार ४ सय रुपैयाँबाट सुरु गरिएको बचत समूह २०७० साल भदौ १३ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कैलालीमा विधिवत रूपमा दर्ता भई हाल १२ वर्षको ऐतिहासिक यात्रा पूरा गरेको उल्लेख गरियो। संस्थालाई आजको अवस्थासम्म पुर्‍याउन योगदान पुर्‍याउने कर्मचारी तथा सेयर सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

Dadeldhura hospital

संस्थाको अधिकृत पुँजी १ करोड ५ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१ असार मसान्तसम्म चुक्ता सेयर पुँजी ५९ लाख ३४ हजार रुपैयाँ रहेकोमा २.९५ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा ६१ लाख ९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, सेयर सदस्य संख्या २०८१ असार मसान्तमा ८३५ रहेकोमा १.४४ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा ८४७ पुगेको छ।

जगेडा तथा अन्य कोष २०८१ असार मसान्तसम्म ४९ लाख १५ हजार ४८३ रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा वृद्धि भई ५६ लाख २२ हजार ८०८ रुपैयाँ पुगेको छ। बचत संकलनतर्फ २०८१ असार मसान्तसम्म ५ करोड ६१ लाख ५० हजार २० रुपैयाँ रहेको निक्षेप ३.५ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा ५ करोड ८० लाख ९० हजार रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाले १३ लाख ४३ हजार ८८६ रुपैयाँ कुल मुनाफा आर्जन गरेकोमा २०८१/८२ मा १.०२ प्रतिशतले घटेर १३ लाख ३० हजार १५३ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो। कर्जा लगानीमा कमी, कर्जा तथा बैंक ब्याजदर घटाइनु, कर्जा जोखिम कोषको नयाँ व्यवस्था तथा तरलता पर्याप्त रहनु मुनाफा घट्नुका मुख्य कारण रहेको जनाइएको छ।

कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। वक्ताहरूले बैजनाथ बचत तथा ऋण सहकारी संस्थाले गेटा क्षेत्रमा विश्वसनीय र प्रभावकारी सेवा प्रदान गरिरहेको उल्लेख गर्दै सबैले आफ्नो भविष्य सुरक्षित गर्न सानो–सानो बचत गर्नुपर्नेमा जोड दिनुभयो। स्वरोजगार तथा उत्पादनशील क्षेत्रमा ऋण लगानी गरी व्यक्तिगत तथा संस्थागत प्रगति गर्न आग्रह गरिएको थियो।

केही सहकारीमा ठगीका घटना भए पनि यो स्थानीय सहकारीमा कसैले भाग्ने अवस्था नरहेको भन्दै संस्थाप्रति विश्वास गर्न आग्रह गरिएको छ। सेयर सदस्य संख्या बढाउँदै संस्थालाई अझ सुदृढ बनाउनुपर्ने, ऋणीहरूले समयमै कर्जा चुक्ता गर्नुपर्ने तथा संस्थाका वास्तविक मालिक सेयर सदस्यहरू भएकाले उनीहरूले नै निगरानी गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

Loading...