एमाले महाधिवेशन : उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत

Dadeldhura hospital

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ। २ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ। उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।

सुरूवाती रूझानमा भट्टले १४७ मत पाउँदा भट्टराईको पषमा १४० मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ चौधरी ५४ र आनन्द पोखरेल ७१ मतसहित अन्तिममा छन् । उता उम्मेदवारी फिर्ता लिएका राजेन्द्रप्रसाद गौतमलाई पनि २६ मत परेको छ।

Navadurga sun
Godawari sandesh
Loading...