जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औँ साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- जीवन ज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोदावरी नगरपालिका–२ अत्तरियाको २२औँ साधारण सभा आइतबार संस्थाकै प्रांगणमा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष पुनम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय तुलसी देवकोटा प्रमुख अतिथि रहनुभएको थियो भने गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा रोकाया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मनिषा बोहराले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष डम्बरी कुवरले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ९ लाख ९३ हजार २०० रुपैयाँ शेयर पुँजी, २५ करोड ७१ लाख ९३ हजार ७१५ रुपैयाँ बचत निक्षेप तथा ५४ लाख २९ हजार १६९ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको शेयर पुँजी ३ करोड ५२ लाख ५५ हजार ४०० रुपैयाँ, बचत निक्षेप २१ करोड २६ लाख ८५ हजार ७१७ रुपैयाँ तथा खुद नाफा ५७ लाख २९ हजार १८५ रुपैयाँ रहेको थियो ।

Dadeldhura hospital

हाल संस्थामा १३ जना कर्मचारी कार्यरत छन् भने ४ हजार २८ जना शेयर सदस्य आबद्ध रहेका छन् । यस सहकारी संस्थालाई जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा सम्मानसमेत प्राप्त भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसी देवकोटाले महिलाहरूले स्थापना र सञ्चालन गरेको यो सहकारीले कृषि, बचत तथा ऋण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो । सहकारीका वास्तविक मालिक शेयर सदस्यहरू नै भएकाले संस्थाको नियमित निगरानी गर्न नछोड्न आग्रह गर्दै उहाँले आफ्नो क्षमताले भ्याएसम्म सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सहकारीले किसानहरूलाई सहुलियत दरमा मल, बिउ उपलब्ध गराई महिला किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याइरहेको तथा बचत–ऋण क्षेत्रमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो । साथै, ऋण लिएको उद्देश्यमा नै खर्च गर्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा खर्च गर्दा ऋण तिर्न समस्या हुने चेतावनी दिनुभयो ।

वक्ताहरूले स्थानीय सहकारी भएकाले लगानी सुरक्षित हुने, सुपथ ब्याजदरमा बिना धितो ऋण प्रदान गरिएको र लघुवित्तजस्तो कठोर व्यवहार नगरी मानवीय तरिकाले ऋण संकलन गरिँदै आएको बताए ।

कार्यक्रममा अध्यक्ष पुनम कार्कीले संस्थालाई अझ ठूलो, मजबुत र नाफामूलक बनाउने योजना रहेको बताउँदै नयाँ शेयर सदस्यहरूलाई स्वागत गर्न तयार रहेको जानकारी गराउनुभयो । सहकारीमा समस्या आउनुअघि नै सबै सचेत हुनुपर्नेमा जोड दिँदै महिलाहरू पुरुषसरह सक्षम छन् भन्ने उदाहरण यो सहकारीले प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

Loading...