सुदूरपश्चिम महोत्सवमा आज प्रमोद खरेलसहितका चर्चित कलाकारको विशेष प्रस्तुति रहने

अत्तरिया- सुदूरपश्चिम महोत्सवअन्तर्गत आज लोकप्रिय गायक प्रमोद खरेलसहितका कलाकारहरूको विशेष साँस्कृतिक प्रस्तुति हुने भएको छ। खरेलले आफ्नै ब्याण्डसहित स्टेजमा प्रस्तुति दिने तयारी भएको आयोजकले जानकारी दिएको छ।

उनका साथै चर्चित तथा उदाएका कलाकार—अनिता चलाउने, चेतन बोहरा, मनिसा बोहरा, सोनु कुस्मि, मनोज धामी र सुरेश शाहीले पनि आकर्षक प्रस्तुति दिने कार्यक्रम छ। विविध शैलीका गीत–संगीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुति सहित आज महोत्सव अधिक रोचक हुने आयोजकले अपेक्षा गरेका छन्।

Navadurga sun

कैलाली उद्योग बाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार भोलिको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, स्थानीय डान्स क्लबहरू तथा अन्य आमन्त्रित कलाकारहरूको समेत सहभागिता रहनेछ।
“स्थानीय प्रतिभालाई प्रस्तुत गर्ने र राष्ट्रिय स्तरका कलाकारसहित दर्शकलाई बहुआयामिक मनोरञ्जन दिने उद्देश्यले भोलिको दिन विशेषतः समृद्ध बनाइएको छ,” चन्दले बताए।

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने तय छ। महोत्सवमा प्रदेशकै सांस्कृतिक विविधता, स्थानीय उत्पादन, उद्योग–व्यवसायको प्रवर्द्धनका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूले दर्शकको आकर्षण बढाइरहेको छ।

आयोजक संघले महोत्सवको बाँकी दिनहरूमा पनि थप आकर्षक प्रस्तुति, प्रदर्शनी र विभिन्न कार्यक्रम निरन्तर गर्दै लेउने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...