कैलाली–४ बाट एमाले महाधिवेशनका प्रतिनिधि चयन, खुला, महिला र युवातर्फका विजयी सार्वजनिक

कैलाली- नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं.–४ बाट प्रतिनिधि चयन गरेको छ। सर्वसम्मत सहमति नजुटेपछि शनिबार मतदानमार्फत प्रतिनिधि छनोट गरिएको निर्वाचन संयोजक नरेन्द्र राज शर्माले जानकारी दिएका छन्।

खुला, महिला र युवा गरी तीनै क्षेत्रमा प्रतिस्पर्धा भएकोमा सबै तहका विजयीहरू सार्वजनिक भएका छन्।

Navadurga sun

खुला तर्फ तीन विजयी

खुला वर्गका ३ स्थानका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

प्राप्त मतअनुसार भीम बहादुर देउवा (५२५ मत), नर बहादुर तामाङ (५०५ मत) र चक्र बहादुर बोहरा (४८५ मत) विजयी भएका छन्।

यस्तै आनन्द प्रसाद भट्ट (२७७), टिकाराम आचार्य (२८७) र राम बहादुर श्रेष्ठ (२०३) मत ल्याउँदै पराजित भए।

महिला तर्फ दुई जनाको जित

महिला श्रेणीका दुई स्थानका लागि चारजनाबीच प्रतिस्पर्धा भएको थियो।

यसअन्तर्गत रत्ना कुँवर जोशी (५०६ मत) र शान्ति देवी सिंह (४८० मत) विजयी बनेका छन्।

ईश्वरी देवी आचार्य (२७४) र गंगा कुमारी चौधरी (२७४) मत ल्याएर पराजित भए।

युवा तर्फ शुद्धिराम चौधरी विजयी

युवा श्रेणीमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

शुद्धिराम चौधरीले ५४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी यज्ञराज कापडीले २२८ मत प्राप्त गरेका छन्।

एमालेको एघारौँ महाधिवेशन निकटै आइरहेकाले देशभरबाट प्रतिनिधि चयन प्रक्रिया तीव्र बनेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...