सुदूरपश्चिमको सभामा ३० हजार मानिस उतार्ने सह–संयोजक नेपालको दाबी

धनगढी- नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आम नागरिकको आकर्षण दैनिक रूपमा बढ्दै गएको दाबी गर्नुभएको छ।

काठमाडौँमा बिहीबार आयोजित एकता कार्यक्रममा सम्बोधन गर्दै उहाँले पार्टी एकता “सफल हुँदैन” भन्ने टिप्पणीहरू अब निराधार साबित हुँदै गएको र एकता दिन प्रतिदिन सबल बन्दै गएको बताउनुभयो।

Navadurga sun

सुदूरपश्चिमको धनगढीमा शुक्रबारदेखि सुरू हुन लागेको सन्देश सभाबारे जानकारी दिँदै सह–संयोजक नेपालले सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। स्थानीय नेताहरूले समेत सभामा ३० हजार मानिस उपस्थिति गराउने दाबी गरेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले पार्टीले जनताको मन र विश्वास जित्न सफल भएको तथा यही समर्थनले आगामी दिनमा थप उर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

ADD Khali jpg
ADD Khali jpg
Loading...