सुदूरपश्चिम महोत्सवको टिकट इ–सेवाबाटै काट्न सकिने

धनगढी- आगामी मंसिर २२ गतेदेखि सुरु हुने ‘सुदूरपश्चिम महोत्सव’को टिकट अब इ–सेवा मार्फतै काट्न सकिने भएको छ। टिकट काट्न लामो लाइनमा बस्ने झन्झट हटाउन कैलाली उद्योग वाणिज्य संघले डिजिटल माध्यमबाट टिकट बिक्री सुरु गर्ने तयारी गरेको हो।

संघका कार्यकारी अधिकृत दिनेश ओझाले महोत्सवका लागि इ–सेवालाई अफिसियल टिकट पार्टनरका रूपमा चयन गरिएको जानकारी दिए। “अब दर्शकले घरमै बसेर सहज रूपमा टिकट किन्न सक्छन्,” ओझाले भने।

Navadurga sun

महोत्सवको अफिसियल पाटनर शिखर इन्स्योरेन्स रहेको समेत जानकारी दिए। यसैबीच, महोत्सव स्थल निर्माण कार्य करिब ५० प्रतिशतसम्म सम्पन्न भइसकेको छ, भने अहिलेसम्म करिब ८० प्रतिशत स्टल बुकिङ पनि पूरा भइसकेको संघले जनाएको छ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवमा व्यापार, पर्यटन, संस्कृति र मनोरञ्जन सम्बन्धी विविध कार्यक्रम रहने बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...