सुर्नया गाउँपालिकामा तालाबन्दी अझै खुल्न सकेन

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा स्थानीय युवाहरूले गरेको तालाबन्दी एक हप्ता बितिसक्दा पनि खुल्न सकेको छैन। जेनजी समूहले समयमै सूचना नदिएको र गाउँपालिकाले आफ्ना माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए।

गत शुक्रबार, जेनजी समूह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र गाउँपालिकाको टोलीबीच छलफल भएको थियो। तर समूहका अगुवा विशाल भट्टका अनुसार, जनप्रतिनिधिहरूले उनीहरूको माग सम्बोधन गर्न नचाहे र आलटाल गर्न खोजे, जसका कारण छलफल बिनानिष्कर्ष टुंगिएको हो। भट्टले भने, “हाम्रा माग स्पष्ट रूपमा सम्बोधन नभएसम्म ताला खुल्दैन।”

Navadurga sun

त्यस्तै, गाउँपालिका अध्यक्ष अमर कुँवरले भने, “युवाहरूले राखेका १० मागमध्ये सातवटामा सहमति जुटिसकेको छ। बाँकी मागमा छलफल जारी रहनेछ र जायज माग पूरा गरिनेछ।”

हालै पनि कार्यालयमा ताला खुल्न सकेको छैन र समस्या समाधानका लागि छलफल जारी रहने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...