नेपाली कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

Navadurga sun

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । 

‘मेरो स्वास्थ्यका कारणले मैले पार्टीका उपसभापती श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ बैठकमा देउवाले भने ।

जेन–जी आन्दोलनपछि देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा एक महिनाभन्दा लामो समयपछि आज मंगलबार सार्वजनिक भएका हुन् । बैठकमा देउवाले छोटो मन्तव्य राख्दै खड्कालाई कार्यवाहक सभापति तोकेपछि बैठक स्थगित भएको छ ।

Loading...