नेपाल प्रहरीका ३ जना डीआईजीको सरुवा, सुदूरपश्चिममा राना

काठमाडौं- नेपाल प्रहरीका ३ जना डीआईजीको सरुवा गरिएको छ। सरुवा हुनेहरुमा विनोद घिमिरे, ओमबहादुर राना र गोविन्द थपलिया रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जसअनुसार डीआईजी थपलियालाई मधेस प्रदेश प्रहरी प्रमुख बनाएर कार्यालयमा खटाइएको छ। त्यसैगरी डिआईजी ओमबहादुर रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ भने डिआईजी विनोद घिमिरेलाई प्रबन्ध निर्देशनालयमा जिम्मेवारी तोकिएको छ।

Navadurga sun
Godawari sandesh

मधेस र सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुखको एआईजीमा बढुवा भएपछि यहाँ दरबन्दी रिक्त भएको थियो। यस्तै चार जना डीआईजी एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा हाल चार डीआईजीको पद रिक्त भएको छ।

Couple
Loading...