नेपाली काँग्रेस कैलाली–५ ले पार्टी कार्यालय पुनर्निर्माण गर्ने निर्णय

Navadurga sun

धनगढी- नेपाली काँग्रेसले धनगढीस्थित आफ्नो जिल्ला पार्टी कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले बैठकमार्फत पुनर्निर्माणको निर्णय गरेको हो।

गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा आगजनी र तोडफोड भएको थियो। त्यस क्रममा कार्यालय भवन, फर्निचर र महत्वपूर्ण कागजातहरु नष्ट भएका थिए।

क्षेत्र नम्बर ५ को बैठकले क्षतिग्रस्त कार्यालय पुनर्निर्माण गरी नियमित कार्य सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ। बैठकले आवश्यक स्रोत र सहयोग जुटाउन जिल्ला कार्यसमिति तथा स्थानीय तहसँग सहकार्य गर्ने निर्णय पनि गरेको जनाएको छ।

Loading...