डोटीमा दसैं मनाउन घर आएका प्रहरी जवान मृत फेला

डोटी- डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर शुक्रबार राति करिब ११ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत गोपघाटमा सडकमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।

Dadeldhura hospital

उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान थिए ।

Navadurga sun
Godawari sandesh

असोज ७ गते १८ दिनको बिदामा दसैं मनाउन डोटी आएका उनलाई गाडीले ठक्कर दिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

Loading...