बडिमालिकाकी उपप्रमुख विष्टको वार्षिक मोबाइल खर्च ७२ हजार !

बाजुरा, ६ असाेज- बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक बर्ष ०७६/७७ मा एक करोड रुपैयाँ भन्दा बढी रकम सुबिधा बपत लिएका छन्। यहाँका जनप्रतिनिधिहरूले विभिन्न सेवा सुबिधा शिर्षकमा एक वर्षमा एक करोड एक लाख १७ हजार पाँच सय २९ रुपैयाँ लिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी सुबिधा बुझ्नेमा नगर उपप्रमुख कबिता विष्ट रहेकी छन्। उनले बैठक भत्ता बापत १२ हजार, यातायात खर्च शिर्षकमा एक लाख २० हजार, टेलिफोन मोबाइलमा ७२ हजार, पुस्तक पत्रपत्रिका, इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरणमा एक लाख आठ हजार, अतिथि सत्कारमा एक लाख २० हजार, खानेपानी, बिजुली तथा सरसफाईमा ४२ हजार, चाडपर्व खर्च शिर्षकमा २५ हजार गरि पाँच लाख ४७ हजार लिएको उल्लेख छ।

Navadurga sun

नगरप्रमुख पदम बडुवालले बैठक भत्ता बापत १२ हजार, टेलिफोन सेवा शिर्षकमा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण एक लाख २० हजार, अतिथि सत्कारमा एक लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाईबाफत ४८ हजार र चाडपर्ब खर्च शिर्षकमा २७ हजार पाँच सय लिएका छन्। उनले यातायात खर्च शिर्षकमा भने रकम लिएका छैनन्। नगरप्रमुख बडुवालको जम्मा खर्च चार लाख ८९ हजार पाँच सय रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ।

वडाअध्यक्षहरूलाई ३१ सुविधा
नगरपालिकाका वडाअध्यक्षहरूले पनि प्रति व्यक्ति बैठक भत्ता वाफत ६ हजार दुई सय लिएका छन्। यातायात खर्च प्रतिव्यक्ति ३० हजार लिएको देखाएको छ। यसैगरी टेलिफोन मोबाइल खर्चवापत प्रति व्यक्ति ४८ हजार, पुस्तक पत्रिका इन्टरनेट बापत हरेक वडा अध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण शिर्षकमा ७८ हजार, अतिथि सत्कार बापत ९६ हजार, खानेपानी, बिजुली, सरसफाई बापत ३० हजार र चाडवाड खर्च प्रति वडाअध्यक्ष १८ हजारका दर ३१ लाख ३२ हजार लिएको उल्लेख छ।

कार्यपालिकाका ७ जना सदस्यहरूमा बैठक भत्ता प्रतिव्क्ति सात हजार आठ सय ५८ रुपैयाँ लिएका छन्। यसैगरी यातायात खर्च प्रतिव्यक्ति ३० हजार, टेलिफोन मोबाइलमा प्रति व्यक्ति ४२ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिव्यक्ति ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी बिजुली र सरसफाईमा ५२ हजार पाँच सय र चाडपर्ब खर्चबाफत प्रतिव्यक्ति एक लाख २० हजार लिएको तथ्यांक रहेको छ। कार्यपालिका सदस्यहरूको जम्मा खर्च २३ लाख ५२ हजार रहेको छ। कार्यपालिका सदस्यहरुले अतिथी सत्कार खर्च लिएका छैनन्।

नगरसभाका ३० सदस्यले पनि ३४ लाख ६३ हजार २९ रुपैयाँ बुझेका छन्। जसमा प्रति सदस्य टेलिफोन, मोबाइल खर्च बापत प्रतिव्यक्ति २३ हजार ६ सय रुपैयाँ लिएका छन्। यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च २९ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४७ हजार दुई सय, खानेपानी बिजुली र सरसफाईमा ११ हजार आठ सय र चाडपर्व खर्च बापत तीन हजार तीन सय ३५ रुपैयाँ लिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ।न्यूज कारखाना

ADD Khali jpg
ADD Khali jpg
Loading...